खान मिल्ने सुनको पत्र भएको भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा

  २०७५ चैत ३ गते १२:५३     विकासन्युज

काठमाडौँ । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिजले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा ल्याएको छ । भोड्काका पारखीहरुलाई बजारमा पाइरहेका भन्दा अद्वितीय अनुभुती प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स् राखिएको छ ।

युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा सम्म्श्रिित सुन जर्मनीबाट आयात गरिएको हो । साथै, गुणस्तरीयताको लागि रुसलान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच प्रमाणित ल्याबबाट परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

‘हामीले आफ्नो गुणस्तरीयता र स्वादमा केही सम्झौता नगरी यसको सुपथतामा पनि धेरै ध्यान दिएका छौँ’ कम्पनीका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने । ‘विश्वस्तरीय प्रोडक्टहरु ल्याएर बजारमा नयाँ स्ट्याण्डर्ड बनाउँदा र भोड्काको इण्डस्ट्री स्ट्याण्डर्डलाई माथि पुर्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ’ ग्रुप एक्जेक्युटिभ डाइरेक्टर शशिन जोशीले भने ।

रुसलान गोल्ड रिजर्भ यही महिनादेखि काठमाडौंका चुनिएका स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जहरुमा उपलब्ध हुनेछ । यो भोड्का ७५० मिलि, ३७५ मिलि र १८० मिलिका बोतलहरुको क्रमशः रु. २२००, रु. ११०० र रु ५५० प्रति बोतलको दरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.