आईईएलटिएस परीक्षाको शुल्क भुक्तानी अब इसेवाबाटै, लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य

  २०७५ चैत ३ गते १२:३१     विकासन्युज

काठमाडौँ । आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस परीक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ ।

अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो ।

कार्यक्रममा बोल्दै आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटिएस परीक्षार्थीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन प्रक्रियामा सहजता ल्याउनेछ भन्ने विश्वास प्रकट गरे ।

१९ हजार ५०० रुपैयाँ परीक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.