शून्य लागत लागु गर्न कतार सहमत, तर श्रम संझौतामा नखुलाउने !

  २०७५ चैत ३ गते ८:०२     विकासन्युज


काठमाडौँ । नेपाली कामदारका लागि प्रमुख गन्तव्यका रुपमा रहेको मध्येपूर्वको देश कतारले नेपाली कामदारका लागि शून्य लागतको व्यवस्था गर्न सहमति जनाएको छ । यससँगै कतारमा नेपाली श्रमिकहरु शून्य लागतमा जान पाउने भएका छन् ।

कतारमा रोजगारीमा जान अहिलेसम्म नेपाली कामदारले १ लाख बुझाउँदै आएका छन् । नेपाल र कतारका अधिकारीबीच दोहामा भएको छलफलमा कतार श्रमिक भर्ना गर्दाको सबै खर्च व्यहोर्न तयार भएको हो ।

यधपी यो विषयलाई विस्तुत रुपमा श्रम संझौतामा नै नखुलाउने कतारको प्रस्ताव छ, आजको जनसवाल राष्ट्रिय दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.