बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक संशोधन, के हटाइयो, के थपियो(संसोधनका बुँदासहित)

  २०७५ चैत १ गते १९:३९     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि परेका विभिन्न संशोधन माथि दफावार छलफल सहित पारित गरेको छ ।

उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले ११ वटा विधेयकको दफा र ३ वटा विधेयकको अनुसूचि संशोधन गरेको छ ।
२०७५ को दफा ८ का उपदफा १ को उद्योगले भन्ने शव्द प्रचलित कानूनको अधिनमा रही भन्ने शव्दहरु थप गरेको छ । विधेयकको दफा १२ मा रहेको सरकार वा भन्ने शव्दहरु हटाउने, विधेयकको दफा १४ को उपदफा १ मा रहेको वाणिज्य भन्ने शव्द पछि बैंक वा पूर्वाधार विकास भन्ने वाक्यांश थप गर्ने र उपदफा २ मा रहेको वाणिज्य भन्ने शव्द हटाउने निर्णय गरेको छ ।

विधेयकको दफा १५ को उपदफा २ मा रहेको पन्ध्र भन्ने शव्दको सट्टामा सात भन्ने शव्द राख्ने, उपदफा ३ हटाई त्यस पछि उपदफा क्रम मिलाउने, विधेयकको दफा १७ को सट्टामा देहायको दफा १७ राख्ने, यसमा ६ अर्बसम्मको विदेशी लगानी स्वीकृत विभागले गर्ने र ६ अर्ब भन्दा माथि विदेशी लगानी स्वीकृत लगानी बोर्ड ऐन, २०६८ अन्र्तगत लगानी बोडले गर्ने निर्णय गरेको छ ।

विधेकको दफा १८ को उपदफा ३ गर्न सक्नेछ भन्ने शव्दहरुको सट्टा गर्नेछ भन्ने शव्द राख्ने, विधेयकको दफा १९ को उपदफा ३ मा रहेको गर्नु पर्नेछ भन्ने शव्दको सट्टमा नगरेसम्म उपदफा १ बमोजिम अभिलेख राखिने छैन भन्ने शव्दहरु थप गरिने भएको छ । विधेयकको दफा २० को उपदफा २ को खण्ड घ मा रहेको प्रतिवन्धात्मक वाक्यांशको सट्ट देहायको प्रतिवन्धात्मक वाक्यांश राख्ने । तर ट्रेडमार्कमा ५ प्रतिशत भन्दा बढी हुने छैन भन्ने बुँदा थप गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.