मकवानपुरमा एकीकृत बस्ती बन्दै, १६० वटा घर बनाउने प्रदेश सरकारको तयारी

  २०७५ चैत १ गते १९:३१     विकासन्युज


हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएका छन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडि बढाईसकेको समेत जानकारी दिए ।

शुक्रबार ३ नम्बर प्रदेशको प्रदेश मामिला समितिद्वारा आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृया कार्यक्रममा समितिका सदस्यहरुको प्रश्नको जवाफ दिंदै उनले एकीकृत वस्ती प्राथामिकतामा राखेपनि जग्गा प्राप्ती सबैभन्दा ठूलो समस्या रहेको बताए । सार्वजनिक जग्गा कुनै न कुनै हिसाबले वनसँग जोडिएकोले जग्गा प्राप्तीमा समस्या भएको उनको भनाई थियो ।

‘वनसंग जोडिएको जग्गा पाउन निकै सकस छ । त्यसले यो काम सोचेअनुरुप अगाडी बढेको छैन ।’ उनले मकवानपुरमा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । यसैगरी दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत वस्तीको प्रकृया अगाडि बढेको जानकारी दिनुभयो ।

अर्को प्रसंगमा सार्वजनिक खरिद ऐन ‘लेन्दी’ भएको बताए । उनले भने-‘हाम्रो सार्वजनिक खरिद ऐनले एउटा टेण्डर खोल्न अहिले दिन गन्नु भयो भने ९ महिना लाग्छ । कानूनले तोकेको सार्वजनिक खरिद ऐनको एउटा चरण पार गर्दा कुनैलाई २ महिना कुनैलाई ३ महिनासम्म लाग्ने उनको भनाई थियो । सार्वजनिक खरिद ऐन संशोधनको लागि संघीय सरकार पनि सकारात्मक रहेको उनले जानकारी दिए । छिटोभन्दा छिटो यसको समाधान हुनेमा मुख्यमन्त्री पौडेलले विश्वास व्यक्त गरे ।

कर्मचारीका अभाव अव पुर्ति हुन थालेको जानकारी दिदैं अव कामको परिणाम देखिन थालेको जानकारी पनि दिए । विभिन्न विकास निर्माणका कामहरुको टेण्डर प्रकृया भईसकेको पनि उनले जानकारी दिए । कुनै न कुनै हिसाबले प्रदेश सरकारको १३ वटै जिल्लामा काम भईरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.