डिस मिडियाबाट एमकेडब्लु वेल्ट एण्ड रोड रेस्लिङ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण

  २०७५ चैत १ गते १८:०४     विकासन्युज


नेपाल रिङ रेस्लिङ संघका आयोजनामा नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा २०७६ साल बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप आयोजना हुन भएको छ ।

कार्यक्रमलाई वान वेल्ट वान रोड चीनले प्रायोजन गरेको छ । यो प्रतियोगिताले खेलकुदको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई बलियो बनाउन केहि योगदान दिने हामीले विश्वास लिएका छौं- नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापाले बनाइन् ।

त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.