ब्रिटिश काउन्सिलको नेपालमा ६० वर्ष पुरा

  २०७५ चैत १ गते १८:१२     विकासन्युज

काठमाडौं। सन् १९५९ बाट नेपालमासँग सहकार्य सुरु गरेको ब्रिटिश काउन्सिलले नेपालमा आफ्नो ६० बर्ष पुरा गरेको छ।

काउन्सिलले शुक्रबार लैनचौरी स्थित आफ्नै कार्यलयमा कार्यक्रम गरेर अबको १ बर्ष कार्यक्रम गरेर सम्बन्धको ६० बर्षलाई मनाउने जनाएको छ। कार्यक्रममा काउन्सिलले आफुले ६० बर्षमा नेपालमा सम्बन्धको सुरुवातसँगै आफुले गरेका कामहरुको विवरण प्र्स्तुत गरेको थियो।

ब्रिटिश काउन्सिल नेपालको लागि परियोजना निर्देशक रहेका जोभान इलिकले नेपालसँग बेलायतले अझ सुमधुर सम्बन्धको अपेक्षा राखेको बताए।

१९५९ बाट नेपालमा आफ्नो काम शुरु गरेको ब्रिटिस काउन्सिलले काठमाडौंको लाईब्रेरी बनाएर आफ्नो काम सुरु गरेको थियो। काउन्सिलले नेपालमा शिक्षा र संस्क्रिती क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.