स्प्राईट डबल डोज ‘रिफ्रेस पनि रिचार्ज पनि’ अफरमा २४ हजार भन्दा बढि विजेता पुरस्कृत

  २०७५ चैत १ गते १७:३७     विकासन्युज

काठमाडौँ । स्प्राईट डबल डोज ‘रिफ्रेस पनि रिचार्ज पनि’ अफरले बजारमा उपभोक्तामाझ सनसनी मच्चाएको छ । माघ १९ गतेबाट शुरु भएको उक्त अफरमा फागुन २५ गतेसम्म २४ हजार भन्दा बढी उपभोक्ताले सहभागिता जनाएर २५ लाख बराबरको टक टाइम जित्न सफल भइसकेका छन् ।

अफर अन्तर्गत सामसुङ ग्यालेक्सी नोट ९ का एक भाग्यशाली विजेता प्रदीप गैरीले भने, “मलाई यस अफरका बारेमा एक जना आफन्तले भन्नुभएको थियो । मलाई यस्ता अफरहरुमा खासै विश्वास लाग्दैन, तर पनि एकपटक भाग्यको जाँच गर्नुपर्यो भनेर स्प्राईट किनेर ल्याए ।

त्यसपछि१०–२० जित्ने आशाको साथ एसएमएस पठाए तर जब मलाई फोन आयो एकछिन त विश्वास नै लागेन । सामसुङ ग्यालेक्सी नोट ९ पाउँदा म निकै खुसी भएको छु र यस्तो सुनौलो अफर ल्याएकोमा म नेपालको कोका–कोला कम्पनीलाई आभार प्रकट गर्न चाहान्छु ।”

उक्त अफर अन्तर्गत उपभोक्ताले कोका–कोला ब्राण्डका कोका–कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबि अर्थात शिशाको बोतल किनेर प्रत्येक दिन१० देखि१० हजारसम्मको टक टाइम र १ थान सामसुङ ग्यालेक्सी नोट ९ जित्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.