सिरहाको भगवानपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा

२०७५ चैत १ गते १७:१४ विकासन्युज

काठमाडौँ । एनआई सी एशिया बैंक लि.ले सिरहाको भगवानपुर गाउँपालिका वडा नं १, मा शाखा कार्यालय स्थापना गरी सेवा शुरु गरेको छ ।

गाउँ पालिकाका अध्यक्ष बेचनप्रसाद यादवले शुक्रबार एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् ।

उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।