एनएमबी माईक्रोफाईनान्सको वार्षिकोत्सवमा ४० जनाले गरे रक्तदान

  २०७५ चैत १ गते १७:०६     विकासन्युज


काठमाडौँ । एनएमबी माईक्रोफाईनान्सको छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा चैत १ गते पोखरा २५ हेम्जामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रम पोखरा २५ का वडा अध्यक्ष दिवाकर तिम्सिना प्रमुख अतिथि रहेका थिए ।

बैंकका कर्मचारी कृष्णप्रसाद गैरे, क्षेत्रीय रक्तसंचार केन्द्र पोखराका प्रमुख ध्रुवमणी लामिछाने, वडा नं. २५ का वडा अध्यक्ष तिम्सिना र संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्सालले कार्यक्रम बारेमा मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.