कामना सेवा विकास बैंकका ग्राहकलाई ग्रान्डि हस्पिटलमा विशेष छुट

  २०७५ चैत १ गते १६:४८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका ग्राहकले ग्रान्डि इन्टरनेशनल हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने भएका छन् । उक्त सेवामा छुट दिने सम्बन्धि कामना सेवा विकास बैंक र ग्रान्डि हस्पिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र ग्रान्डि इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.