चिलिमे जलविद्युत कम्पनीले खातामै पठायाे २० प्रतिशत बोनस सेयर

  २०७५ चैत १ गते १५:५१     विकासन्युज

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको पुस २७ गते सम्पन्न साधारणसभाले सो मात्राको बोनस पारित गरेको थियो ।

कम्पनीले पुस १९ गतेसम्म डिम्याट भएका शेयरधनीहरुको खातामा सो बोनस जम्मा गरेको छ भने सो मितिसम्म डिम्याट नभएका शेयरधनीहरुले बोनस पाउनका लागि डिम्याट खाता खोल्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.