उद्योग मन्त्रीको प्रस्तावमा औद्योगिक व्यवसाय प्रबद्र्धन बोर्ड खारेज

  २०७५ चैत १ गते १५:१५     विकासन्युज


काठमाडौँ । अर्थमन्त्रीको अध्यक्षतामा रहने औद्योगिक व्यवसाय प्रबद्र्धन बोर्ड खारेज भएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेहो हो ।

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथि परेका विभिन्न संशोधन माथि छलफल गर्न आयोजित बैठकमा उद्योग मन्त्री मात्रिका यादवको प्रस्तावमा औद्योगिक व्यवसाय प्रबद्र्धन बोर्ड खारेज गर्ने निर्णय भएको हो । बैठकमा अर्थमन्त्री युवराज खतिवडाको समेत उपस्थिति रहेको थियो ।

बोर्ड खारेज गर्ने निर्णय पछि अब ६ अर्बसम्मको विदेशी लगानी उद्योग बिभाग र ६ अर्ब माथिको लगानी स्वीकृत गर्ने अधिकार लगानी बोर्डलाई हुनेछ । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा ५ देखि ६ अर्बको लगानी औद्योगिक व्यवसाय प्रबद्र्धन बोर्डले स्वीकृत गर्ने उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.