ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

  २०७५ चैत १ गते १३:३५     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स  कम्पनीलाई प्राप्ति(एक्वायर) गर्ने भएको छ । बैंकले पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोबार समेत वृद्धि गर्न हाथवे फाइनान्सलाई एक्वाएर गरेको हो ।

उक्त एक्वायर गर्ने सम्बन्धि सहमतिपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट मर्जर तथा एक्विजिशन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनीको मर्जर तथा एक्विजिशन समिति सदस्य नवराज नेपालले हस्ताक्षर गरेका हुन् ।

एक्विजिशन कार्य ३ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको विज्ञप्तीमा उल्लेख छ । उक्त सम्झौतासँगै चैत १ गतेदेखि हाथवे फाइनान्सकाे सेयर काराेबार राेक्का भएकाे संस्थाले जानकारी गराएकाे छ ।

हाल ग्लोबल आईएमई बैंकको पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, हाथवे फाइनान्सको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाईनान्ससँग सफल मर्जर गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.