हुण्डाई एक्सचेञ्ज योजना विहीबारबाट शुरु, एक्सचेञ्ज बोनस १ लाख ५० हजार

  २०७५ फागुन ३० गते १८:०८     विकासन्युज


काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनन्टल प्रालि विहिबारदेखि हुण्डाई एक्सचेञ्ज कार्यक्रम देशभर सञ्चालन गरेको छ ।

विहिबार देखि २०७५ चैत्र ५ गतेसम्म हुण्डाई एक्सचेञ्ज कार्यक्रम जारी रहने कम्पनीले जनाएको छ । यो कार्यक्रम अन्तरगत स्पोट एक्सचेञ्न र मूल्याङ्कन, फाइनान्स र बीमाको सजिलै व्यवस्थाका साथै आकर्षक नगद छुट दिने जनाइएको छ । लोयल्टी बोनस १५ हजार र एक्सचेञ्ज बोनस १ लाख ५० हजार उपलब्ध गराउनाको साथै ४ वर्षको फ्रि सर्भिस र ३ वर्षको वारेन्टी रहने छ ।

यी बाहेक एक्सचेञ्ज अवधिभर हुण्डाई अल न्यू स्यान्ट्रोसँग कुनैपनि गाडिको एक्सचेन्जमा विशेष अफरका साथै प्रत्येक टेस्ट ड्राइभमा आकर्षक हुण्डाई उपहारहरु प्रदान गरिने जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्– ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.