‘होण्डा नेपाल ड्रिम कप २०१९’ सम्पन्न, फाइनल रेसमा उजेन बताजु पहिलो

  २०७५ फागुन ३० गते १६:५८     विकासन्युज


काठमाडौँ । नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ्ग च्याम्पेनशिप आयोजना गरेको छ । सडक दुर्घटनालाई कम गर्ने उद्देश्यले होण्डाले रेसिङ्गका लागि उत्साहित राइडरहरुलाई आफ्नो स्किल देखाउनका निमित्त सुरक्षित मञ्च प्रदान गरेको छ ।

अन्तराष्ट्रिय स्र्पोटिङ्ग कोड, नेपाल अटोमोबाइल स्पोर्टस् एशोसियसन, नेपालमोटरसाइकल फेडेरेसन र एचएनडीसी सप्तिमेन्टरी रेगुलेशन २०१९ अन्तर्गत आयोजित सो च्याम्पेनशिप एमओटीओजीपी र डब्लूएसबीके रेसिङ्ग फम्र्याटमा आधारित थियो ।

उक्त फम्र्याट अन्तर्गत राइडरहरुलाई आफ्नो रेस स्थान अनुसार अङ्क दिइएको थियो र सबै भन्दा बढी अङ्क संकलन गर्ने राइडरले शिर्ष स्थान प्राप्त गरेका थिए । फागुन २४ र २५ गते सम्पन्न फाइनल रेसमा उजेन बताजुले सीबीआर २५० आर अन्तर्गत फास्टेस्ट ल्याप रेकर्ड राख्न सफल भएका थिए भने १४९–१६५ सीसी अन्तर्गत राजकुमार कार्कीले फास्टेष्ट ल्याप टाइममा रेस पूरा गरेका थिए ।

फाइनल रेसमा, उजेन बताजुले पहिलो स्थान हात पार्न सफल भएका थिए भने रामबिक्रम थापाले दोस्रो र विभेस श्रेष्ठले तेस्रो स्थान हात पार्न सफल भएका थिए । तेस्रो रेसबाट ५८ अङ्क संकलन गरी विभेस श्रेष्ठ होण्डा नेपाल ड्रिम कप सिजन १ को च्याम्पेन बन्न सफल भएका थिए । त्यसैगरी आशिकलामा ३७ अङ्कका साथ उक्त च्याम्पेनशिपको उपविजेता बनेका थिए । यसका साथै विभेस श्रेष्ठ र आशिकलाले अगामी होण्डा इण्डिया ड्रिम कपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धात्मक १४९–१६५ सीसी विधामा राजकुमार कार्कीले पहिलो स्थान प्राप्त गरेका थिए भने सुजय गोपालीले दोस्रो र लक्ष्मणबिक्रम थापाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । ५० अङ्कका साथ राजकुमार कार्की १४९–१६५ सीसी विधाअन्तर्गत च्याम्पेनशिपको विजेता घोषित भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.