फेसबुकको आपराधिक गतिविधिमा छानविन हुँदै, प्रयोगकर्ताको अनुमती बिना डाटा सेयर

  २०७५ फागुन ३० गते १४:५८     विकासन्युज

न्यूयोर्क। न्यूयोर्क टाइम्समा एक नयाँ रिपोर्टको अनुसार, अमेरिकाको फेडेरल प्रोसिकुटरले फेसबुकको डाटा साझेदारीमा भएको आपराधिक गतिविधी माथि छानविन गर्ने भएको छ।

छानविनको लागि न्यु योर्कको मुख्य ज्युरीले दुई प्रसिद्ध स्मार्टफोन निर्मातालाई डाटाको माग गरेको छ।

न्युयोर्क टाईम्सको डिसेम्बर रिपोर्टको अनुसार फेसबुकको १५० भन्दा बढी कम्पनीहरुसँग डाटा साँझेदारी सम्झौता रहेको छ। यो सम्झौताले फेसबुकको अझै प्रयोगकर्ता बढाउने र यस सम्झौतामा संलग्न भएका पार्टनरहरुले प्रयोगकर्ताहरुको डाटा उनिहरुको अनुमिता बिना नै लिन सक्दछन्। टाईम्सको अनुसार धेरै कम्पनीसँगको सम्झौता वषौँ अघि सम्झौता तोडे पनि एमजन र एप्पलसँगको सम्झौता भने अझै पनि बाँकी रहेको बताएको छ।

सिएनएनको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.