नेपाल क्लियरिङ्ग हाउसका सीइओ प्रधानको पदावधि ४ वर्ष थप

  २०७५ फागुन ३० गते १४:३१     विकासन्युज

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको १२३ औं बैठकले नीलेशमान सिंह प्रधानको सीइओको पदावधि चार वर्षको लागि थप गरेको छ ।

२०७५ चैत १ गतेदेखि लागु हुने गरी पदावधि चार वर्ष थप गरिएको हो । प्रधान नेपाल क्लियरिङ्ग हाउसमा चैत्र २०६७ देखि कार्यरत छन् ।
काठमाडौं विश्व विध्यालयबाट बि.ई. र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उद्देश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीनजना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.