एनएमबि बैंकका संचालक हरिबाबु न्यौपानेले दिए राजीनामा

  २०७५ फागुन ३० गते १४:०६     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडका संचालक हरिबाबु न्यौपानेले राजीनामा दिएका छन् । बैंक संचालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुने गरी संचालक न्यौपानेको राजीनामा स्वीकृत गरेको हो ।

बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका संचालक न्यौपानेले गत फागुन २७ गते एक पत्रमार्फत राजीनामा पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.