देवः विकास बैंक र एभरेष्टबीच बैंकास्योरेन्स संझौता

  २०७५ फागुन ३० गते १३:०२     विकासन्युज


काठमाडौँ । देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने छन् । सो सेवा सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.