खुल्यो खरिदारको विज्ञापन, प्रथम पत्रको लिखित परीक्षा बैशाख १४ गते

  २०७५ फागुन ३० गते १२:३३     विकासन्युज

काठमाडौँ । लोकसेवा आयोगले खरिदार पदका लागि दरखास्त आह्वान गरेको छ। निजामती सेवाका सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आप्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ ।

परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरवार्ता हुने लोकसेवाले जनाएको छ ।

खरिदार पदमा चैत २९ गतेसम्म आवेदन दिन सकिने छ । डबल दस्तुर तिरेर चैत २६ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सकिने छ । प्रत्येक विज्ञापनका लागि दरखास्त शुल्क ३०० सय बुझाउनु पर्नेछ, समावेशी तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ थप दस्तुत बुझाउनु पर्ने आयोगले जनाएको छ । सबै समूहको प्रथम पत्रको लिखित परीक्षा बैशाख १४ गते दिनको ११ बजे सञ्चालन हुने आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.