दिउँसो खानेबित्तिकै निन्द्रा लाग्छ ? यस्ता छन् कारण, यसरी बच्नुहोस्

  २०७५ फागुन ३० गते ९:४५     विकासन्युज

काठमाडौं। केही खानेकुरा र खाना खाने समय नमिल्दा मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने,  थकान महसुस हुने गर्दछ। अनुसन्धानकर्ताहरुको अनुसार खाना पछि थकान लाग्नुको कारण बारेमा विभिन्न सिद्धान्तहरू छन् तर उनीहरु यो एक प्राकृतिक प्रतिकृया हो र यो खासै चिन्ता लिनुपर्ने बिषय नभएको बताउँछन्।

मानिसहरुले के खायो , कुन समयमा खायो र कति खायो भन्ने कुराले उसले कस्तो महसुस गर्छ भन्ने कुरालाई निर्धारण गर्दछ।

कस्तो खानेकुराले बढी निन्द्रा लाग्ने तथा थकान महसुस हुने गर्दछ ?

प्रोटिन र कार्बोहाईड्रेट बढी मात्रामा भएका खानेकुराले तपाईंलाई अन्य खानेकुराको दाँजोमा बढी निन्द्रा लाग्ने गर्दछ।

केही अनुसन्धानकर्ताहरुको अनुसार शरीरमा सेरोटोरिन भन्ने हार्मोनको बढी उत्पादन हुने कारणले गर्दा पनि मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ।

सेरोटोरिन यस्तो हार्मोन हो जसले तपाईको मुड र निन्द्रा चक्रलाई निर्धारण गर्ने गर्दछ।

धेरै प्रोटिन भएको खानेकुरामा पाईने ट्राइटोपफ्यान भन्ने एक एमिनो एसिडले शरीरमा सेरोटोरिन उत्पादन गर्न मद्दत गर्दछ। यस कारणले कार्बोहाईड्रेट र प्रोटिन युक्त खानेकुरा खाएपछी निन्द्रा, अल्छि र थकित महसुस हुने गर्दछ।

ट्राइटोपफ्यान यि खानेकुरामा पाईने गर्दछ :

– अण्डा, दुध, पालकको साग, पनिर , कुखराको मासु
– पास्ता, सेतो भात, सेतो पाउरोटी, केक, कुकीज, डोनट, चिनी

खाना पछि निन्द्रा लाग्नुको अर्को कारण

-राती राम्रोसँग नसुत्दा पनि मानिसलाई दिनभर थकान महसुस हुने गर्दछ।

-खानेकुरासँग माधकपदार्थ सेवन गर्नाले पनि खानापछि निन्द्रा लाग्ने गर्दछ।

कसरी खाना खाएपछि लाग्ने अल्छि भगाउने ?

१। थोरै मात्रामा र समय समयमा खाईरहने

एकैपटक धेरै खानुभन्दा पनि एक दुई घण्टाको अवधीमा थोरै थोरै खाने हो भने त्यसले शरीरलाई पर्याप्त चाहिने उर्जा प्रदान गर्दछ।

२। रातीको समयमा राम्रोसँग सुत्ने

राम्रोसँग निन्द्रा पुर्याएका मानिसहरु दिउँसोको समयमा खाना खाएपछि अल्छि लाग्ने निन्द्रा लाग्ने समस्याबाट टाढै रहन्छन्।

३। केही समय हिंड्नुहोस्

दिउँसोको समयमा व्यायमको रुपमा केही समय हिंड्ने हो भने पनि त्यसले तपाईलाई दिउँसो निन्द्रा लाग्ने समस्या कम गर्दछ।

४। दिउँसोको समय छोटो समय सुत्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.