ओयो होटलले नेपालका महिला पर्यटन उद्यमीहरुलाई सघाँउदै

  २०७५ फागुन २९ गते १९:३४     विकासन्युज

काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो फ्रयानचाईज होटेल ओयोले शुरुवातदेखि नै साना तथा मझौला उद्यमीहरुलाई साझेदार फ्रयानचाईजका रुपमा आफ्नै संजालमा समाबेश गर्दै आइरहेको छ । होटलले उद्यमीहरुको आयआर्जनलाई बढाउन मद्दत गर्नुका साथै, ती होटेल र घरहरुबाट यात्रुलाई उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्न सक्षम बनाई रहेको छ ।

नेपालमा तीव्ररुपले बढि रहेको ओयोको फ्रयानचाईज होटलहरुका एक हिस्सा महिलाद्वारा सञ्चालित होटलहरुले ओगटेका छन् र त्यस्ता होटलहरु सकारात्मकरुपमा वृद्धि भइरहेका छन् । भावी दिनहरुमा पनि थप्रै महिलाद्वारा सञ्चालित होटलहरुको सफलताका कथाहरु बुन्न ओयो लागि परेको छ । विभिन्न नेतृव्यदायी भूमिकार व्यवसायमार्फत महिलाहरुले रुढिवादी परम्परालाई त्यागेर अगुवाको रुपमा अगाडि बढिरहेका छन् ।

पहिला अधिकांश महिलाहरुको सहभागिता नदेखिएका छेत्रमा पनि उनीहरुको सफलताको कथा देखिन थालेका छन् । उनीहरुभित्र रहेको सुक्ष्म दृष्टि एवं दूरदर्शिता व्यापार व्यवसाय गर्नका लागि अत्यन्तै उपयुक्त हुने भएकोले पनि महिलाहरु विश्वमै उद्यमशीलतामा अगाडी आउँदैछन् ।

एउटा त्यस्तै प्रेरणदायक कथा सुशीला मोक्तानको छ जो पोखरामा अवस्थित ओयो १३४ स्ल्पिवेयल होटलकी मालिक हुन् र गत एक वर्षदेखि ओयोसँग साझेदारी गरिरहनु भएको छ । ओयोसँगको आफ्नो यात्राको बारेमा बोल्दै सुशीलाले भने, “ओयोको होटलहरुलाई गुणस्तरीय बनाउने अवधारणले हामीलाई निकै लाभ भएको छ । साथै ओयोले हाम्रा सम्पूर्ण कर्मचारीलाई प्रशिक्षण गरेर अतिथिहरुका लागि गुणस्तरीय आवास र सेवाको अनुभव प्रदान गर्न सक्षम बनाएको छ । म धेरै खुसी छु कि ओयोले म जस्ता महिलाहरुका लागि सफल व्यवसायी बन्ने सपना साकार गर्न अवसर प्रदान गरिरहेको छ ।”

पोखराको ओयो २५३ होटल पिनाकलकी मालिक रमा जोशी हुन्, जो ओयोसँग नेपालमा प्रारम्भिक दिनदेखि साझेदारी गरिरहेकी छिन् । उनले भनिन्, “हामी ओयोसँग सुरुवाती दिनदेखि सहकार्य गरिरहेका छौँ । ओयोले कसरी होटलका कर्मचारीलाई आफ्नो आतिथ्य क्षमता वृद्घि गर्न सकिन्छ भनेर प्रशिक्षण दिई सक्षम बनाएकोमा म ओयोको कदर गर्छु । ओयोको प्रविधि र आतिथ्य प्रशिक्षणसँगै हामीले ठूलो संख्यामा अतिथिहरु भित्र्याएका छौँ, जसमा अधिकांश यूवाहरु पनि पर्छन् । ओयोसँग साझेदारी गरेर हाम्रो व्यवसाय र ग्राहक संख्यामा वृद्घि भएको छ ।”

ओयोले एकीकृत प्रविधि प्रणाली र कार्यसञ्चालन क्षमताद्वारा एकल होटलहरुलाई रुपान्तरण र नवीकरण गर्दै ओयोका फ्रयानचाईज होटलहरुको गुणस्तर वृद्घि गर्नुका साथै अतिथियात्रुहरुको लागि उत्कृष्ट अनुभव दिन सक्षम भएको छ । साथै ओयोका होटलहरुमा ग्राहक पनि वृद्घि भइरहेका छन् ।

ओयोद्वारा प्रत्येक होटल संचालकलाई उच्चस्तरीय प्रविधिको पहुँच पु¥याएको छ जसले होटलका संचालकका र प्रबन्धकका लागि दैनिक सञ्चालनमा पूर्ण नियन्त्रण गर्न, लागत घटाउन, कर्मचारी दक्षता बढाउन र समय बचत गर्न मद्दत गर्छ । उनीहरुको व्यवसायसँग सम्बन्धित सम्पूर्ण कुराहरु ओयोको प्रविधिमार्फत सहजै निगरानी र प्रबंधनगर्न सकिन्छ । ओयो होटल्स् एण्ड होम्स्को नेपालमा १५० भन्दा बढि होटल र २५०० कोठाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.