चार्टड इन्स्योरेन्स इन्स्टिट्युट बेलायतको सद्भावना दुतमा पौड्याल नियूक्त

  २०७५ फागुन २९ गते १८:४०     विकासन्युज

काठमाडौँ । विगत ४० बर्ष भन्दा बढि बीमा क्षेत्रमा सक्रिय दिनेशप्रकाश शर्मा पौड्याललाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युटले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्याल बीमा, पूर्नबीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ परामर्शदाताका रुपमा परिचित छन् ।

वेलायतबाट बीमा बिषयमा एडभान्स डिप्लोमा गरेका पौड्यालले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गरेका छन् । राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्स कम्पनी लि., प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेडमा उच्च तहमा रही कार्यकारी भुमिका निर्वाह गरिसकेका पौड्यालय सिआईआई कलेज अफ इन्स्योरेन्स युकेका अलमनाई, स्वीस रि–एकेडेमी, स्वीजरल्याण्ड र आईआईआई कलेज इन्स्योरेन्स इण्डियाका पनि अलमुनाई हुन् ।

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी र बिट्रिस अलमुनाई अफ नेपालका आजिवन सदस्य समेत रहेका पौड्याललाई चार्टड इन्स्योरेन्स इन्टिच्यूटले बीमा क्षेत्रको सद्भावना दुतका रुपमा नियूक्त गरेको हो । उनले बीमा क्षेत्रको विकास र विस्तारका लागि बीमा समिति, बोर्ड लगायतका क्षेत्रमा रहेर काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.