फागुन ३० गतेकाे नेपाल बन्द विफल पार्ने सरकारको तयारी

  २०७५ फागुन २९ गते १८:१७     विकासन्युज

काठमाडौं। फागुन ३० गते नेत्र विक्रम चन्द (बिप्लव समूूूह)लेे गर्ने भनेकाे नेपाल बन्द विफल पार्ने सरकारकाे तयारी छ । सशस्त्र विद्राेह गरिरहेकाे यस पार्टीलार्इ सरकारले भने अराजनीतिक र हिस्सात्मक समूह भनेकाे छ ।

सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेसंगै सो पार्टीका नेता तथा कार्यकर्ता समेत धमाधम पक्राउ गर्न थालेको छ । अपराधिक संगठनले घोषणा गरेकाे बन्दलाइ विफल पर्न सरकारले बुधबार देखि नै सुरक्षा गस्ती बढाएकाे छ ।

सरकारले अाफ्ना पाटी कार्यकर्ता माथि दमन गरेकाे भन्दै त्यसकाे विराेधमा नेपाल बन्द घाेषणा गरेकाे छ ।

नयाँ संविधान जारीपछि भएकाे नाकाबन्दी खुलेपछि बन्दकाे शास्तीबाट नेपालीले केही राह्रत पाएका थिए । पछिल्लाे समय फेरी नेपाल बन्दले गरिखाने वर्गलाइ नराम्ररी सताएकाे छ ।

राती १०ः३५ बजे सम्पादन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.