यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन, विराटनगर महानगरबाट आए कुमारप्रसाद दाहाल

  २०७५ फागुन २९ गते १४:३४     विकासन्युज

काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन भएको छ । विराटनगर महानगरपालिकाका कार्यकारी प्रमुख कुमारप्रसाद दाहालको यातायात व्यवस्था विभाग काठमाडौँमा सरुवा भएको हो । विभागमा महानिर्देशक पदमा सरुवा भएर आएका दाहालले सोमबार नै कार्यालयमा हाजिर भई कार्य प्रारम्भ गरेका छन् ।

निजामति सेवामा लामो अनुभव हासिल गरेका महानिर्देशक दाहाल एक कुशल प्रशासक हुन् । उनले विराटनगर महानगरमा कार्यकारी प्रमुखको रुपमा कार्यरत रहँदा महानगरमा सुधारका धेरै काम गरेका छन् ।

यातायात व्यवस्था विभागमा महानिर्देशकको रुपमा आएका दाहालले विगतमा गरेको कार्यबाट यस कार्यालयको सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.