गण्डकी कलेजमाथी अनुगमन गरी कारवाही गर्न माग

  २०७५ फागुन २९ गते १३:१०     विकासन्युज

काठमाडौँ। गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ ।

एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको बताए।

कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले आफूहरुले कलेजको सञ्चालक समितिका अध्यक्षसहित ११ जनामाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको जानकारी दिए।  उनले आफूहरुले ४० दिनदेखि आन्दोलन गर्दै आए पनि सरकार तथा कलेजले कुनै सनुवाइ नगरेको भन्दै ८६ विद्यार्थीले परीक्षा दिन नपाएको उल्लेख गरेका छन् । पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएको सो कलेजमा ९० विद्यार्थी पीडित अवस्थामा रहेको उनले बताए।

अर्का विद्यार्थी परिवर्तन शर्माले कलेजले आफूहरुबाट शुल्क तिर्न ढिलाइ भए १८ प्रतिशतसम्म ब्याज लिने गरेको, अतिरिक्त शुल्क, परीक्षा शुल्क, रजिष्टेसन शुल्क पनि चर्को उठाउने गरेको र त्योअनुसार कुनै पूर्वाधार नभएको बताए। त्यस्तै शिक्षकलाई पनि पारिश्रमिक नदिइ ठगी गरिरहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.