सनराइज बैंक र भारतको बीएलके र नानाभाती सुपर स्पेशलिटी हस्पिटलबीच सम्झौता

२०७५ फागुन २८ गते १९:२० विकासन्युज


काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित बीएलके सुपर स्पेशलिटी र नानाभाती सुपर स्पेशलिटी हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका छन् ।