कोरियन भाषा (ईपिएस) को परिक्षा जेठ २६ र २७ गते हुने

  २०७५ फागुन २८ गते १५:०९     विकासन्युज

काठमाडौं। ईपिएस भाषा परिक्षाको मिती आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने तय भएको छ। २०१९ मा कोरिया जानका लागि नेपालीले दिनुपर्ने भाषा परिक्षाको मिती मंगलाबर तय भएको हो।

परिक्षामा संलग्न हुनलाई परिक्षार्थिले चैत ८ देखि १७ सम्म फारम भर्न सक्नेछन्।

कोरियाले यो बर्ष १० हजार ५० जना लैजाने भएको छ। यसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ३ हजार लैजाने तयारी भएको छ। हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ।

सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.