टोयोटाले पूरा गर्यो ६ दिने ‘रस टु मुस्ताङ’ यात्रा

  २०७५ फागुन २७ गते १८:०८     विकासन्युज

काठमाडौँ । टोयोटाले ७ वटा रस एसयुभीद्वारा गरिएको ६ दिन लामो मुस्ताङ्ग यात्रा पूरा भएको छ । फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पूरा गरिएको कम्पनीले जनाएको छ । फागुन २० देखि काठमाडौँबाट शुरु भएको यात्रा फागुण २६ गते पोखरामा आएर सकिएको हो ।

टोयोटाको नयाँ एसयुभी रसले खराव पहाडी सडक कुनै समस्या र रोकावट बिना आफ्नो यात्रा पूरा गरेको कम्पनीले जनाएको छ । टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मीहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।

रस टु मुस्ताङ्गमा सहभागी टोलीले टोयोटाको पोखरा स्थित डिलर अटो ओयज प्रालिको शोरुम बाट पुन र्यालीको आयोजना गरेका थियो । उक्त र्यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्य ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त र्याली आयोजनापछि १५ टोयोटा रश गाडीको शोरुम बुकिङ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.