सेञ्चुरी बैंकको आठौंं बार्षिकोत्सवमा ६० जनाले गरे रक्तदान

  २०७५ फागुन २७ गते १३:३७     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको हो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा थुप्रै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ६० जना भए ।

साथै उक्त शिविरमा मुटु सम्बन्धि र हृदयघाट भएमा अपनाउनु पर्ने उपचार प्रविधिको बारेमा नर्भिक इन्टरनेशनल हस्पिटलका डा. यादवकुमार दियो भट्टले जानकारी गराए । उक्त कार्यक्रममा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा बैंकका सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.