जोन्टा क्लब अफ काठमाडौँद्वारा विभिन्न विधाका दर्जनभन्दा बढी महिलाहरु सम्मानित

  २०७५ फागुन २६ गते १९:३८     विकासन्युज

काठमाडौं । जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरेको छ ।

जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायताका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ । जोन्टा क्लब अफ काठमाडौं स्थानीय तथा राष्ट्रिय स्तरका महिला हिंसा र भेदभाव सम्बन्धी विभिन्न विषयहरुमा जागरुक गर्न निरन्तर लागि रहेको छ ।

कार्यक्रममा अपवाद र प्रभावकारी काम गरेर समाजमा परिवर्तन ल्याउनका साथै अन्य महिलाहरुको जीवनमा प्रभाव पर्ने कार्यमा लागि परेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मानित गरिएको छ ।

सम्मानित महिलाहरु

दमशना शाक्यलाई “द प्रिन्शेस हेलेन शाह इन्स्पिरेस्नल उमन अफ द इयर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । उनलाई सम्मान स्वरुप रु १ लाख रुपैया प्रदान गरिएको छ ।

त्यस्तै, बसन्ति प्रधानलाई “अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । बसन्ति प्रदानलाई रु १ लाख रुपैया प्रदान गरिएको छ ।

त्यस्तै, “ज्योति स्कलरसिप अवार्ड २०१९ फर म. क्लावस्म्यान उमन इन बिज्नेश स्कोलरसिप” अन्तर्गत श्रेया पोखरेललाई रु २५ हजार रुपैया प्रदान गरिएको छ ।

“ज्योति स्कलरसिप अवार्ड २०१९ फर योङ्ग उमन इन पब्लिक अफियरस्” मा प्रतिक्षा गुरुङलाई रु २५ हजार प्रदान गरिएको छ ।

साथै यस वर्ष जोन्टा क्लब अफ काठमाडौंले हालसम्म महिलाहरु अपरिचित रहेको क्षेत्रमा योगदान पुर्याउने ४ जना महिलालाई सम्मान गरेको छ । उनीहरुको कामप्रतिको लगनशीलता र उपलब्धीले प्रभाव पार्नुका साथै अन्य महिलाहरुलाई पनि उत्प्रेरित गरेको छ । उक्त अवार्डलाई नबिल बैंकले सपोर्ट गर्नुका साथै प्रत्येक ४ जना सम्मानित महिलालाई रु २५ हजार प्रदान गरेको छ ।

कार्यक्रममा लगातार २० वर्षदेखि हेभ्भी मेसिन इक्यूप्मेन्ट (डोजर) चलाईरहेकी मुना घिमिरे, नेपालकी पहिलो महिला बडि बिल्डर निर्मला महर्जन, निरन्तर महिला मेसनको रुपमा कार्यरत राम माया तामाङ, महिला मोटरसाईकल रेसर र स्टन्ट राइडर बन्ने सपना पूरा गर्न सफल भइसकेकी दिक्षा श्रेष्ठलाई सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.