मेगा बैंक र ह्याम्स अस्पतालबीच विशेष छुट सम्बन्धी सम्झौता 

  २०७५ फागुन २६ गते १४:३१     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपालकी सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

ह्याम्ससँगै मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालमा छुटका लागि यस अघि नै सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.