फागुन २८ देखि ३० गतेसम्म प्याकेजिङ्ग एक्स्पो- प्याकप्रोटेक २०१९ हुने

  २०७५ फागुन २४ गते १८:२७     विकासन्युज

काठमाडौँ । प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९” काठमाण्डौंमा हुँदैछ । । त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फागुन २८, २९ र ३० मा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्यूट अफ प्याकेजिङ्ग मेसिनरी म्यानुप्याक्चरर्स अफ इन्डिया तथा ईआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

नेपालको खाद्य तथा एफएमसिजि बजार १७५ को द्रुत दरमा वृद्घि भइरहेको छ, जुनविश्वको औसत २ देखि ३५ आँकडा भन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्दछन् भने पेय पदार्थ २०५ र वस्तु उत्पादनको वृद्घि २५५ मा रहेको छ । यसैगरी प्लास्टिक उद्योग ११५ को दरले वृद्घि भइरहेको छ ।

थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ्ग तथा यसमा आएका प्रविधिहरुको प्रदर्शन गर्नेछ । यस एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ्ग सिस्टम, सेकेण्डरी प्याकेजिङ्ग, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

एक्स्पोमा“प्याकेजिङ्ग इनोभेसन एण्ड सोल्युसन”भन्ने शीर्षकमा एकदिने सम्मेलन हुनेछ । फागुन २९ मा हुने सम्मेलनमा प्याकेजिङ्गको महत्व र यसबाट व्यापारलाई हुने फाइदाका बारेमा जानकारी दिइनेछ । यो सम्मेलनले प्याकेजिङ्ग प्रविधिहरु नेपाली बजारमा बृहत रुपमा चिनाउने छ र सहकार्यका अवसरहरु नेपाली व्यापारीहरुलाई दिनेछ । सम्मेलनका साथसाथै फागुन २८ र ३० गते “पीच सेसन”हुनेछन्, जसमा यस उद्योगका अनुभवि कम्पनी÷व्यक्तिद्वारा प्याकेजिङ्ग सम्बन्धि प्रस्तुती गरिनेछन्।

करिब १०० वटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ्ग, प्रिन्टिङ्ग, खाद्य प्रशोधनका उपकरण, एफएमसिजि, फार्मास्यूटीकल्स आदिसंग सम्बन्धित कम्पनी/व्यक्तिहरुको उपस्थिती रहनेछ । प्याकप्रोटेक हालमा नेपालको एकमात्र प्याकेजिङ्ग इभेन्ट हो । कम्पनी तथा ब्राण्ड, खाद्य–प्रशोधन तथा पेय पदार्थ, फार्मास्यूटीकल्स उपकरण तथा वस्तु उत्पादनसंग सम्बन्धित उद्योगमा संलग्नव्यक्तिहरुको सहभागिता यस एक्स्पोमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.