प्रा.डा. सुरेन्द्र केसीको प्रश्नः अदालतले छाडेको भोलीपल्टै सरकारसँग मिल्ने कुरा के हो ?

  २०७५ फागुन २४ गते १३:४८     विकासन्युज

काठमाडौं । मधेशमा पृथकतावादी अभियान चलाईरहेका डा. सिके राउत एकिकृत नेपालका पक्षमा फर्किएको कुरा के हो भनेर अहिले नै निष्कर्ष निकालियो भने हतार हुन्छ । उनी एकिकृत नेपालका पक्षमा फर्किएको हो वा होइन भन्ने कुरा अहिले पर्ख र हेरकै अस्थामा छ । उनी साच्चै बदलिएका हुन भने राम्रो हो ।

अर्काे कुरा मधेशमा मुक्तिको कुरा उठाएर पदसँग साट्ने चलन पनि छ । पृथकतावादको बिषयलाई भजाएर पद साटेको पनि हुन सक्ला । उनी यसरी फर्कनुका पछाडी भारतको असहयोग पनि कारण हुन सक्छ । भारतले बिहार, पश्चिम बंगाल जस्ता रणनीतिक महत्वका शक्तिशाली र ठुलो भूगोल ओगटेका प्रदेशहरुकै सिमामा पृथकवादी आन्दोलन रुचाएको थिएन् । युरोपिनयन र अमेरिकनहरुको मात्रै सहयोगले मधेशमा केहि हुन्न भन्ने निष्कर्ष निकालेर राउत फर्किएको पनि हुनसक्छ ।

अर्काे महत्वपूर्ण कुरा अदालते छाड्ने वित्तिकै मुलधारमा आउने कुरा के हो ? अदालत र सरकार छुट्टै हुन् । तर यहाँ त अदालतबाट छुट्ने अनि त्यसकै भोलीपल्ट सरकारसँग मिलेर मुलधारमा आउने गतिबिधी देखियो । यसले केहि शंसय पक्कै पनि पैदा गरेको छ । अब सिके राउत मुलधारमा फर्किएपछि उनले कस्तो गतिबिधी गर्छन् ? भन्ने कुरालाई केहि समय पर्खेर हेर्नुपर्छ ।-प्रा.डा. सुरेन्द्र केसीसँगको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.