सशस्त्र प्रहरीमा ३२ सय ९७ लाई जागिरको अवसर, चैत २५ गतेसम्म आवेदन दिन पाइने

  २०७५ फागुन २४ गते १३:०६     विकासन्युज

काठमाण्डौँ । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सशस्त्र प्रहरी जवानको माग गरकेो छ । सशस्त्र प्रहरी बलले ३ हजार २ सय ९७ जवान माग गरेको हो ।

सशस्त्र प्रहरीले एक सूचना प्रकाशित गरी खुलातर्फ १ हजार ७ सय ७७, महिलातर्फ २ सय ९७, आदिवासी जनतातितर्फ ४ सय ७५, मधेसीतर्फ ४ सय १६, दलिततर्फ २ सय २२, पिछडिएको क्षेत्रतर्फ ७४ र अमर प्रहरीतर्फबाट ३६ प्रहरी जवान माग गरेको हो ।

सशस्त्र प्रहरी जवानका लागि ८ कक्षा उत्तिर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यद्यपि १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेका नेपाली नागरिक मात्रै सशस्त्र प्रहरी जवान पदका लागि योग्य हुनेछन् । इच्छुक व्यक्तिले फागुन २४ गतेदेखि चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.