यात्रुबाहक बसहरुमा अझै पनि सिण्डीेकेट जारी छः प्रदेश मन्त्री जम्कट्टेल

  २०७५ फागुन २३ गते १३:०६     विकासन्युज


काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्र व्यबस्थित हुनुपर्ने बताएका छन् । प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयको आयोजनामा भएको यातायात सेवाको नाम पञ्जिकृत गर्ने सम्बन्धी भएको छलफल कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्र संबेदनशील भएकोले यसबारे सबै गम्भीर हुन जरुरी रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले व्यबसायीहरुका लागि प्रदेश सरकारबाट गर्न सक्ने सबै सहयोग गर्न तयार रहेको बताए । सरकारले गरेका निर्णयहरुमा सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले कार्यदल बनाएर यातायात क्षेत्रको काम गर्ने जानकारी दिए । व्यवसायीहरुले धेरै कुरा राखेको भन्दै अब छिटै नै कार्यदल मार्फत निष्कर्षमा पुगिने पनि बताए । सरकार तथा व्यवसायी दुबैलाई हित हुने काम गर्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रि शालिकराम जम्कट्टेलले कम्पनीमा दर्ता भएर यातायात मजदुर तथा कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि गराउन आग्रह गरे । उनले मालबाहक सवारीमा सिण्डिकेट नभए पनि यात्रुबाहक बसहरुमा अझै पनि सिण्डीेकेट जारी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.