सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमितकुमार केडिया

  २०७५ फागुन २२ गते १४:१०     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुमितकुमार केडिया नियुक्त भएका छन् । कम्पनीको १४३औँ सञ्चालक समितिको बैठकले केडियालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गराएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठक गत फागुन २१ गते बसेको थियो ।

यसअघि कम्पनीको सञ्चालकपद सम्हालेका प्रमोद पाण्डेयले राजिनामा दिएपछि उक्त रिक्त पदमा केडियालाई नियुक्त गरिएकाे इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.