आईएमई लाइफइन्स्योरेन्सको सञ्चालक समितिमा दिपकशर्मा पोख्रेल नियुक्त

  २०७५ फागुन २२ गते १२:०२     विकासन्युज


काठमाडौँ । आईएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी एक्रशमनि ट्रान्सफर लिमिटेडको तर्फबाट दीपकशर्मा पोख्रेल नियुक्त एका छन् ।

कम्पनीलाई गराइएको जानकारी अनुसार सञ्चालक समितिमा शर्मालाई स्वागत गरिएको हो । समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले शर्मालाई स्वागत गरे ।

यसअघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वरकुमार कार्कीले गर्दै आएका थिए । कार्यक्रममा सञ्चालक कार्कीलाई बिदाई समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले भर्खरै नियुक्ति पाएर सञ्चालक समितिमा आएका शर्मालाई सफल कार्यकालको शुभकामना दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.