पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै

  २०७५ फागुन २१ गते १८:४१     विकासन्युज

पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवि शाह बिरामी परेपछि मंगलबार उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।  उनी गत एक सातादेखि रुघा, खोकी लागेर अस्वस्थ थिइन् ।

साथै पूवै मुमा बडामहारानीलाई हालपातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको अस्पालतले जनाएको छ ।

पूर्व मुमा वडामहारानीको विस्तृत स्वस्थ्यजाँच शुरु गरिएइको र उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे,डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार शुरु गरिएको अस्पतालका  नायब महाप्रवन्धक आरपी मैनालीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.