नेविसंघको अध्यक्ष महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली

  २०७५ फागुन १९ गते १३:२६     विकासन्युज

काठमाडौं। नेविसंघको अध्यक्ष नैनसिंह महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली भईरहेको क्याम्पसको विद्यार्थी संगठन आम विद्यार्थीले बताएको छ। आम विद्यार्थीले बताए अनुसार महरले राजिनामा दिएसँगै देशभर चिट्ठी बाँडेका थिए।

महरले चिट्ठी बाँड्दा पुल्चोक ईन्जिनियरिङ क्याम्पसका दिपक सापकोटालाई पनि चिट्ठी परेको तर पार्टिको निर्णयसँगै उनको कार्यकाल एकै दिनमा सिमित भएको थियो। तर सापकोटाले अहिले आएर आफुलाई केन्द्रले नै अध्यक्ष बनाएको र आफुनै अधिकारिक नेविसंघको अध्यक्ष भएको भ्रमको खेती गर्दै ठाउँ ठाउँमा हप्ता असुलिमा सक्रीय रहेको आम विद्यार्थी संघको आरोप छ।

सापकोटाले चन्दा असुली गर्न नक्कली लेटरहेडमा कहिले नदेखिएको झन्डा सहितको फर्जी छाप प्रयोग गरेको र चिट्ठी
दीपक सापकोटा सहित क्याम्पसकै अर्का विद्यार्थी उद्धव घिमिरेको हस्ताक्षर रहेको छ। क्याम्पस परिसरमा उनिहरुले कुनै प्रकारको कार्यक्रम नगरेको हुँदा ब्यक्तिगत प्रायोजनका निमित्त सो रकम खर्च भएको प्रस्ट भएको क्याम्पसका एक विद्यार्थीले बताए। चन्दा असुली गरेको कुरा, नेबिसंघ पुल्चोक क्याम्पस इकाइ कमिटिको अधिकारिक पेजबाट नै बाहिरिएपछि आमा विद्यार्थीले उनिहरु माथि कारवाहिको माग गरेका छन्। चन्दा लिएको कुरा बाहिरिएपछि उनिहरुले हतार हतार विद्यार्थीले भाग नलिने समय राखेर बास्केटबल प्रतियोगिताको पोस्टर सार्वजनिक गरेको आमा विद्यार्थी संघका एक सदस्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.