चितवनमा ७औं नेपाल फर्मा तथा हेल्थ एक्स्पो शुरु, औषधिमा आत्मनिर्भर बनाउन जाेड

  २०७५ फागुन १७ गते १८:२२     विकासन्युज

काठमाडौं । भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा नेपाल फर्मा तथा हेल्थ एक्स्पो शुरु भएको छ । तीन दिन सम्म हुने उक्त एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन् ।

स्वादेशी औषधी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्दै देशलाई औषधीमा आत्मनिर्भर बनाउने प्रमुख उद्देश्यले उक्त एक्स्पो शुरु भएको हो ।

उद्घाटन कार्यक्रममा मन्त्री यादवले निजी क्षेत्र, उपभोक्ता र उत्पादन एक अर्कालाई आरोप नलगाई परस्पर विश्वास र सहकार्य मार्फत अगाडी बढ्नु पर्ने बताए ।

त्यस्तै औषधि उत्पादन संघका अध्यक्ष दीपकप्रसाद दाहालले नेपाली कम्पनी र उद्योगलाई बदनाम गराउन र नेपाललाई आत्मनिर्भर हुन नदिन विभिन्न शक्ति लागेको भन्दै त्यसका बारे जान्नु जरुरी रहेको जानकारी दिए ।

उक्त एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १०वटा अस्पतालको सहभागिता रहेको छ ।

काठमाडौं बाहिर पहिलो पटक हुने उक्त एक्स्पोमा १० हजार भन्दा बढी अवलोकन गर्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.