नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

  २०७५ फागुन १६ गते १२:१९     विकासन्युज


काठमाडौँ । देशका अधिकांश विद्यार्थीले पठन पाठन गर्ने नेपालको अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र देशको पहिलो बैंक नेपाल बैक लिमिटेड बीच सहकार्य सम्वन्धी सम्झौता भएको छ ।

वल्खुस्थित विश्वविद्यालय हातामा स्थापित बैंकको एक्सटेन्सन काउन्टरबाट विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको कारोबार सेवा सञ्चालन सम्वन्धी उक्त सम्झौता पत्रमा त्रिविविका परिक्षा नियन्त्रक पुष्पराज जोशी र नेपाल बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका शिक्षक कर्मचारी तथा करिब ७ लाख विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल बैंकका प्रेस संयोजक मुकुन्द्र अर्यालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.