एआईबिटी घटना: के छ अहिलेको अवस्था ? कति विद्यार्थी प्रभावित ? के गर्दैछन् कन्सलटेन्सीहरु ?

  २०७५ फागुन १५ गते १७:४८     विकासन्युज

काठमाडौं। शैक्षिक परामर्शदाता कम्पनीहरुका छाता संगठनहरु ईक्यान, फेकन, आईरिन र नाईरले अष्ट्रेलियाको एआईबिटी कलेजको बारेमा बल्ल मुख खोलेका छन् । परामर्शदाताहरुले एआईबिटीको समस्या समाधान गर्ने तर्फ आफुहरु लागिरहेको र यस बिषयप्रति सरकारले पनि ध्यान दिन जरुरी रहेको बताएका छन् ।

सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको थियो । कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् । सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी (आस्क्वा) ले दर्ता खारेज गरे  ।

ईक्यानका अध्यक्ष बिष्णुहरु पाण्डेको अनुसार हाल एआईबिटीमा धमाधम कक्षाहरु संचालन भईरहेको र विद्यार्थीहरुले क्लास लिईरहेको अवस्था छ । हामी निरन्तर एआईबिटी र विद्यार्थीहरुसँग सम्पर्कमा छौं, उनले भने । एआईबिटीका कारण कति जना विद्यार्थी प्रभावित भएको तथ्य भने अझै बाहिर आएको छैन ।

छाता संगठन ईक्यान, फेकन, नाईर र आईरिनले जारी गरेको सुचना जस्ताको तस्तै :

१. समस्यामा परेका विद्यार्थीको संख्या :

यस सम्वन्धमा धेरै कन्सल्टेन्सीहरुले उक्त कलेजमा विद्यार्थी भर्ना गराएका, अन्य विषयमा शुरुमा त्यहाँ पुगेका विद्यार्थीले पछि विषय परिवर्तन गरि नर्सीङ्ग अध्ययन गर्न थालेका, कतिपयले समस्या उत्पन्न हुनु भन्दा पहिलेनै कलेज स्थानान्तरण गरिसकेको अवस्थामा हाल समस्यामा परेका विद्यार्थी संख्या यकिन रुपमा उल्लेख गर्न नसकिएता पनि केहि अध्ययन पश्चात सो पनि प्राप्त हुन सक्दछ । एनओसी लिएका सबै विद्यार्थीले भिषा पाउने निश्चित नभएको हुँदा सोको आधारमा पनि संख्या निश्चित हुन सम्भव देखिदैन ।

२. समाधानका उपायहरु :

क. एआईबिटीको दर्ता खारेजीको निर्णय भएको मिति १९ फेब्रुअरी २०१९ बाट २८ दिन भित्र उक्त कलेजले अपिल गर्न पाउने वैधानिक व्यवस्था छ र सो बमोजिम कलेजले अपिल गरि सकेको बुभिएको छ ।

ख। यदि अपिल पश्चात कलेजको दर्ता खारेजि नभई दर्ता स्विकृति (पुर्नवहाली) भएमा समस्या स्वतः समाधानको बाटोमा जानेछ । तर नर्सिङ्ग विषयमा डिप्लोमा-एडभान्स डिप्लोमा अध्ययन गर्न गएका विद्यार्थीहरुको हकमा समस्या यथावत रहने भएकोले विशेष व्यवस्था गरि एनमएसी अक्रिडाईटेड कलेजहरुमा विद्यार्थीहरुले एआईबिटीमा पढेको जति विषयको क्रेडिट ट्रान्स्फर  सहित स्थानान्तरण गराईदिन नेपाल सरकारको तर्फबाट अष्ट्रेलिया सरकार समक्ष अनुरोध गर्नु जरुरी छ।

ग. दर्ता खारेजीको निर्णय यथावत रहेमा समस्याको बैकल्पिक समाधान खोज्नु पर्ने हुन्छ । दर्ता खारेजीको निर्णय नै सदर हुने भएमाः

– समस्या समाधानका लागि अत्यन्तै सहयोगी हुने ब्यवस्था भनेको नै ट्युसन प्रोटेक्सन सर्भिस (टिपीएस) हो ।

– टिपिएस लागु हुन कलेज पुर्ण रुपमा बन्द भएको हुनु पर्दछ ।

– टिपिएस लागु भएपछि उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सम्भव भए सम्म अर्को स्विकृती प्राप्त कलेजमा मिल्दो जुल्दो विषयमा स्थानान्तरण गराउने काम हुन्छ ।

– जो विद्यार्थी अब अध्ययन नै गर्दिन र स्वदेश फर्किन्छु भन्छ उसले कलेजलाई बुझाएको शुल्कमा अध्ययन अवधि बाँकी रहेको रहेछ भने बाँकी अवधिको शुल्क टिपिएसले फिर्ता गर्दछ ।

– जो विद्यार्थी नर्सिङ्ग विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमाको अध्ययन पुरा गर्ने अवस्थामा छन् उनिहरुको हकमा हालसम्मको अध्ययनको मान्यता स्थानान्तरण हुने शिक्षण संस्था अनुसार फरक हुनेछ तर अहिलेकै अध्ययनले भने एनएमएसीमा दर्ता हुन नपाउने भएको हुँदा उनिहरु वास्तविक रुपमा मर्कामा पर्नेछन् । तसर्थ कलेज र अष्ट्रेलियन सरकारले संयुक्तरुपमा विद्यार्थीहरुको समुचित व्यवस्थापन गर्न पहल गर्नु पर्दछ ।

 ३. समस्यामा परेका विद्यार्थीहरुको भिषाको सम्वन्धमा :

क. एआईबिटी मा अध्ययनरत विद्यार्थीहरुले कलेजको अपिलको नतिजा नआएसम्म नियमित रुपमा कलेजमा जाने र पठन पाठन कार्यमा सरिक भइरहनु पर्दछ । यदि कसैले कलेज जान छोडेमा भिषाको नियम उलंघन गरेको ठहर्छ । हाल कलेजमा नियमितरुपमा कक्षाहरु संञ्चालन भईरहेको छ र विद्यार्थीहरु पढ्न गईरहेका छन् ।

ख. यदि कसैको भिषा सकिने अवस्था छ भने उनिहरुले भिषा थप्ने प्रक्रियाका लागि कलेजसँग तुरुन्त सम्पर्क गर्नु पर्दछ ।

ग. कलेज पुर्णरुपमा बन्द भएमा विद्यार्थीहरुले TPS सँग सम्पर्कमा रहनु पर्ने हुन्छ र विद्यार्थीहरुलाई कलेज बन्द भएको कारण थप्नुपर्ने भिषा निशुल्क थपिदिने ब्यवस्था अष्ट्रेलियन सरकारले गर्दछ ।

४. के गदैछौं त छाता संगठनहरु ?

नेपाल स्थित शैक्षिक परामर्शदातृ कम्पनीका छाता संगठनहरु नेपाल शैक्षिक परामर्श संघ ईक्यान, फेकन, आईरिन र नाईरले  ले संयुक्त रुपमा समस्याको समाधानका निमित्त पहल गरि रहेका छौं । जस अन्तर्गतः

क. सम्वन्धित कलेजका जिम्मेवार अधिकारी हाल नेपालमा पनि भएको हुँदा निजसँग नियमित सम्पर्क समन्वयमा रहँदै विद्यार्थीको विषयमा बुभ्mने कार्य भईरहेको र व्यवस्थापनको प्रयास भईरहेको छ ।

ख. नेपाल सरकार शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय समक्ष समन्वय एवम् अन्तरक्रिया गरेको र समस्या समाधान नभए सम्म सोको निरन्तरता हुनेछ ।

ग. नेपाल स्थित सम्वन्धित परामर्शदाता कम्पनीहरुसँग निरन्तर समन्वय र संयोजन गरि समस्या समाधानमा उनिहरुलाई जिम्मेवार बनाउने प्रयास जारी रहेको छ र सम्बन्धित परामर्शदाता कम्पनिहरु पनि समस्यालाई गहन रुपमा लिदै सो को समुचित समाधान र ब्यवस्थापनका लागि प्रयासरत रहेको बुझिएको छ ।

घ. नेपाल स्थित अष्टे«ेलियन दुतावाससँग नियमित सम्पर्क र समन्वयमा रहि समस्या समाधानमा पहल गरिरहेको छ ।

ङ. अष्ट्रेलीया स्थित नेपाली दुतावास, समस्यामा परेका विद्यार्थीहरु, अन्तर्राष्ट्रिय विद्यार्थी संगठन, गैर आवसीय नेपाली संघ र अन्य नेपाली परामर्शदाता कम्पनीहरुसँग नियमित सम्पर्क र समन्वय गर्दै समस्या समाधानको पहलकदमी भइरहेको छ।

च. सम्वन्धित सबै सरोकारवालाहरुको संयुक्त प्रयासमा समस्याको समुचित समाधान उक्त कलेजको दर्ता खारेजि विरुद्ध अपिलको निस्कर्ष पश्चात तत्कालनै हुने विषयमा हामी विश्वस्त छौं ।

५. भविष्यका लागि अपनाइनु पर्ने सावधानी

क. नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल वैदेशीक अध्ययनमा जाने नेपाली विद्यार्थीहरुले छनौट गरेका गन्तव्य मुलुकका सरकारसँग समवन्य गरि त्यहाँ स्थित स्विकृती प्राप्त कलेज, विश्वविद्यालय र शैक्षिक संस्थाहरुलाई सुचिकृत गरि सुचिकृत भएका संस्थाहरुको मात्र भर्ना प्रकृयामा सरिक हुन पाउने व्यवस्था गर्नु अति आवश्यक भएको छ ।

ख. नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन स्विकृती नलिइ अवैधानिक रुपमा परामर्श सेवा, भाषा शिक्षण लगायत औपचारीक अनौपचारीक अस्वस्थ्य व्यवसाय गरिरहेका व्यक्ति, संस्था तथा कम्पनीहरुलाई तत्काल कार्वाही गर्ने, वन्द गर्ने कार्य गर्नु पर्दछ ।

ग. सेवा सञ्चालन स्विकृती, नविकरणको प्रकृया नियमित र छिटो छरितो बनाउन जरुरी छ ।

घ. सेवा सञ्चालन स्विकृती प्राप्त परामर्शदाताहरुले प्रवाह गरि रहेको सेवाको प्रभावकारी अनुगमन, पुरस्कार, प्रोत्साहन तथा दण्ड सजायको व्यवस्था हुन अति आवश्यक भएको छ ।

ङ. नेपाल स्थित शैक्षिक परामर्शदाता कम्पनीहरुले आफुले प्रवाह गर्ने सेवा, प्रवद्र्धन गर्ने विदेशी शैक्षिक संस्था, त्यसले संचालन गर्ने कार्यक्रम, कार्यक्रमको वैधानिकता, लाग्ने शुल्क लगायत आवश्यक सबै विषयमा आफु अत्यन्तै स्पष्ट भएर सोही बमोजिम विद्यार्थी, अभिभावकका विचमा सम्झौता गरेर मात्र परामर्श सेवा प्रदान गर्नु पर्दछ ।

च. नेपाल स्थित शैक्षिक परामर्शदात्रीहरु नेपाल सरकारका लागि उनिहरुले प्रवद्र्धन गर्ने विदेशी शैक्षिक संस्थाको सन्दर्भमा सबै भन्दा विश्वासनिय सुचना प्रवाहक हुनु पर्नेमा त्यो हैसियत कायम हुन सकेको छैन । आफुले प्रवद्र्धन गर्ने वैदेशीक शैक्षिक संस्थाको आधिकारीकता विषयमा समस्या उत्पन्न भए पछि मात्र थाहा पाउने विषय दुःखद हो । तसर्थ यो विषयमा नेपाल स्थित सबै शैक्षिक परामर्शदाताहरु गम्भिर एवम् सचेत रहँदै सो बमोजिमको योग्यता हाँसील गर्नु अनिवार्य छ । हामी आफ्ना सबै सदस्य कम्पनीहरुलाई उल्लेखित योग्यता हाँसील गर्न सक्षम बनाउने प्रयास गर्ने छौं ।

अष्ट्रेलिया सरकारले एआईबिटीका विद्यार्थीलाई सहयोग गर्ने, भिसा मापदण्ड पुरा गर्न कक्षा गईरहन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.