टोयोटा रश रोड शो सफलतापूर्वक सम्पन्न, अनस्पट १० वटा टोयोटा बुकिङ

  २०७५ फागुन १४ गते १८:५६     विकासन्युज


काठमाडौँ । मोटर उत्पादक टोयोटाको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि(युटिएस)ले “टोयोटा रश रोड शो” को आयोजना गरेको छ ।

काठमाडौ–चितवन–बुटवल हुँदै काठमाडौँ आएर शो सम्पन्न भएको हो । फागुन ८ गतेदेखि सुरुवात गरिएको सो कार्यक्रम, करिब १७० किमिको यात्रा गरी सयौं ग्राहकहरुलाई सक्रियतापुर्वक सहभागि गराई फागुन १४ गते काठमाडौमा फर्की टुंगिएको कम्पनीले जनाएको छ ।

चितवन र बुटवलका उपभोक्तालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम दुवै शहरहरुमा २ दिन संंचालन भएको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेज प्रालिमा शोरुम इण्टर्याक्सन पनि गरिएको कम्पनीले जनाएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जनाग्राहकहरुलाई शो रुम इण्टर्याक्सन गराई अनस्पट १० वटा टोयोटा बुकिङ लिन सफल भएको जनाएको छ ।

सो कार्यक्रममा न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाई तुलनात्मक रुपमा प्रतिष्पर्धी भन्दानिकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.