एनसीसी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा विशेष छुट

  २०७५ फागुन १४ गते १५:२०     विकासन्युज


काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालि (वशुुन्धरा)बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र चिरायु मेडिकल ईन्स्टिच्युटका तर्फवाट संचालक संजीव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले चिरायु मेडिकल ईन्स्टिच्युटका सेवामा विशेष छुट पाउने छन् । बैंकका ग्राहकले बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा उक्त छुट पाउने छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.