राजीनामा गर्ने कुनै योजना छैनः अर्थमन्त्री डा. खतिवडा

  २०७५ फागुन १३ गते २१:३७     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गर्न लागेको भन्ने हल्ला निराधारन भएको स्पष्ट पारेको छ ।
अर्थमन्त्रीको सल्लाहकार डा. रामशरण खरेलले मन्त्रीले राजीनामा दिने हल्ला निराधार भएको बताए ।

‘अर्थमन्त्रीले राजीनमा दिन लागेको भन्ने हल्ला गलत हो, सरकारलाई सफल बनाउन लागिपर्नु भएका मन्त्रीज्यूले राजीनामा दिने सन्दर्भै आउँदैन’, अर्थमन्त्रीका सल्लाहकार डा. खरेलले भने । उनले मन्त्रीको राजीनामा सम्बन्धी हल्ला गरेर स्वार्थ समुहले फाइदा उठाउन खोजेको तथ्य प्रति पनि मन्त्रालय सचेत रहेको बताए ।

अर्थमन्त्री डा. खतिवडाका स्वकिय तुल्सी मैनालीले पनि राजीनामाको हल्ला निराधार भएको स्पष्ट पारेका छन् । अर्थमन्त्रीले आफु वर्तमान सरकारलाई सफल बनाउँदै सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न लागिपरेको बताउँदै राजीनामाको हल्लाको पछाडी नलाग्न भनेको उनका स्वकिय मैनालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.