रेनो सर्भिस क्याम्प शुरु, गाडी सर्भिसिङ गराउँदा विशेष छुट

  २०७५ फागुन १३ गते १९:०१     विकासन्युज

काठमाडौँ । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स प्रालिले उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प फागुन १२ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ ।

यो सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने कम्पनीले जनाएको छ । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, नि:शुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ । त्यसैले नजिकैको डिलरमा गएर गाडीको सर्भिसिङ र मर्मत गर्न कम्पनीले विज्ञप्ति मार्फत आग्रह अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.