अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदै हुलाकी सडकमा कालोपत्रे शुरु

  २०७५ फागुन १३ गते १६:२९     विकासन्युज

काठमाडौं । अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदै हुलाकी राजमार्गको कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडक खण्डमा कालोपत्र गर्न थालिएको छ ।
स्वर्णपट्टी स्थित देउरी ९ (ख) को क्षेत्रमा सर्भेक्षण नगरी नक्साङ्कन भएको क्षेत्रलाई छोडेर ९ (क) मा मात्र सडक निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले गत २०७४ माघमा जनकपुर उच्च अदालतको राजविराज इजलासमा दायर गर्नुभएको रिट निवेदनमा उक्त इजलासले सो ठाउँमा तत्कालका लागि कामकाज नगर्न आदेश जारी गरेको थियो ।

उक्त सडक निर्माणको ठेक्केदार कम्पनी विरुद्ध अदालतमा फरक /फरक व्यक्तिद्वारा तीन वटा मुद्दा दायर गरिएको थियो । दायर गरिएका तीनवटै मुद्दामा अदालतबाट अन्तिम फैसला नहुँदै ठेक्केदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले सो सडकमा कालोपत्रेको काम शुरु गरेको हो ।

उक्त इजलासबाट अन्तिम फैसला नभएकाले विवादित संस्थानलाई छोडेर अन्य भागमा कालोपत्र शुरु गरिएको सडकका ‘कन्ट्र्याक्टर म्यानेजर’ विनोद गौतमले जानकारी दिए । भारतीय सिमासँग जोडिएको सप्तरीको बोदे बसाइन नगपालिकाको स्वर्णपट्टीदेखि खडक नगरपालिकास्थित बिसनपुर चौकसम्मको सो सडकमा कालोपत्रेको काम शुरु भएको बताए ।
करीब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना बमोजिम स्वर्णपट्टि नजिकैबाट कालोपत्रेको काम शुरु गरिएको र चैतमहिनाभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको म्यानेजर गौतमको भनाइ थियो ।

विसं २०७६ असार २० गतेसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ चैतभित्रै काम सकिने गरी तीव्र रुपमा सडक निर्माणको काम भइरहेको छ । गत ०७४ साल मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकमा कालोपत्रे बाहेकको काम सकिएको छ, म्यानेजर गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्र्भड निर्माण भइसक्यो ।
एक हजार ४०० मिटर दाँयाबाँया फुटपाटसँगै नाला निर्माणको समेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेपनि अदालतमा परेको मुद्दाका कारण कालोपत्रे गर्ने कार्य केहीपछि धकेलिएको म्यानेजर गौतमको भने । उक्त सडक भ्याट बाहेक रु ५८ करोड तीन लाख ९७ हजारकोे लागतमा निर्माण गर्न लागिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.