शेयर बजार गिरावटको प्रभाव म्युचुअल फण्डमा, कसले कति गुमाए एनएभी ?

  २०७५ फागुन १३ गते १४:४३     विकासन्युज

काठमाडौं । माघ महिना म्युचुअल फण्डहरुको मूल्यमा गिरावट आएको छ । माघ महिनाको वित्तीय विवरण प्रकाशन गरेका ७ ओटा म्युचुअल फण्डको खुद मूल्यसँगै प्रतिइकाई मूल्यमा समेत गिरावट आएको हो ।

माघ महिनाकाे वित्तीय विवरणअनुसार म्युचुअल फण्डहरुले प्रतिइकाई ५ पैसादेखि १९ पैसासम्म खुद मूल्य गुमाएका छन् । सानिमा इक्विटीले १ करोड मूल्य गुमाउँदा सबैभन्दा कम र  २ करोड मूल्य गुमाएको एनआईबीएल समृद्धि फण्डको प्रतिइकाई खुद मूल्य सबैभन्दा बढीले घटेको हो । सानिमाकाे माघ मसान्तकाे खुद मूल्य १३७ कराेड र एनआइबीएलकाे ९९ कराेड ६ लाख रुपै‌ंया छ ।

त्यस्तै, ५२ करोड ४६ लाख खुद मूल्य भएको लक्ष्मी भ्यालु फण्डले १८ पैसा, १०६ करोडको लक्ष्मी इक्विटी फण्डले १७ पैसा, १५९ करोडको सिद्धार्थ इक्विटी फण्ड र ८६.५१ करोडकोे एनआईसी एशिया ग्रोथ फण्डले १३/१३ पैसा गुमाउँदा १०५ करोड खुद मूल्य भएको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको प्रतिइकाई मूल्यमा १० पैसाको गिरावट आएको छ ।

गत पुस मसान्तमा ११७८.०३ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तमा ११२८.१९ विन्दुमा झरेको छ, यो ४.२३ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक नै नकारात्मक भएपछि सूचिकृत कम्पनीहरुमा लगानी गर्ने म्युचुअल फण्डको मूल्यमा गिरावट आएको हो ।

हाल बजारमा १७ ओटा म्युचुअल फण्ड सञ्चालनमा छन् । वित्तीय विवरण प्रकाशन गरेका ७ ओटामध्ये सबै फण्डको मूल्य घटेसँगै अन्य फण्डहरुको पनि मूल्य घट्ने देखिएको छ ।

शेयर बजार हाल ३ बर्ष अघिदेखिकै न्यून विन्दुमा आइपुगेको छ । सरकारी प्रयासका बाबजुद बजारमा लगानीकर्ताको मनोबल उच्च नदेखिएपछि बजारले ओरालो बाटो लिन छाडेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.